मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

रुपन्देही। रुपन्देहीको ओमसतिया गाँउपालिका–२ पडसरी चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक २६ वर्षीय रन्जित कुमार मदेशिया र पछाडी सवार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का २६ वर्षकै अमित बानियाँ छन् । घाईते दुवैको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

गएराति पौने १२ बजे भारतीय नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिएको वडा प्रहरी कार्यालय भैरहवाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१५ जना बङ्गलादेशी पक्राउ, अध्यागमन विभागमा बुझाइयो

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds