किसानलाई सहुलियतपूर्ण कर्जा लिन सिकाउँदै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक

काठमाडौं । किसानले सहुलियतपूर्ण कर्जा कसरी लिन सक्छन् भनेर शिकाउन  शाइन रेसुङ्गा डेभपलमेण्ट बैंक लिमिटेड गाउँ पसेकाे छ । बैंकले सहुलियतपूर्ण कर्जाबारे जानकारी दिन किसानसँग अन्तरक्रिया थालेकाे  छ ।

बैंकले छत्रकोट गाउँपालिकाका प्रमुख मधुकृष्ण पन्थको प्रमुख आतिथ्यतामा खज्र्याङ्गमा अन्तरक्रिया कार्यक्रम गरी वडा नम्बर ५ र ६ गुल्मीका कृषकहरुसँग सहुलियतपूर्ण कर्जाको सुविधा र त्यस्तो कर्जा लिन अपनाउनु पर्ने विधि बारे अन्तरक्रिया गरेको हो ।

आर्थिक समृद्घिको आधार कृषिमा व्यवसायिकरण र आधुनिकिकरण रहेकाले ग्रामिण क्षेत्रका जनताको बैंकिग पहुंच तथा सचेतनाका लागि कृषि तथा कृषिजन्य उद्यम र पशुपालन व्यवसायमा संलग्न कृषकहरुको उपस्थितिमा सहुलियतयतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्वन्धी व्यवस्थाको बारेमा जानकारी प्रदान गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।

छत्रकोट गाउपालिका अध्यक्ष मधुकृष्ण पन्तले बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण कर्जा लिई गाउँका सबै कृषकहरु आगामी दिनमा स्वरोजगारतर्फ उन्मुख हुनपर्ने र सर्वसाधारण जनतालाई कृषि उद्यमतर्फ आर्कषित गर्न वित्तीय सचेतना सम्वन्धी कार्यक्रम तथा ग्रामीण क्षेत्रमा शाखा विस्तारबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएकोमा बैंकको प्रशंसा गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस