सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजनाको बम्पर उपहार रु.१२ लाख विजेता घोषित

काठमाडौं । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजना अन्तर्गत सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाई बम्पर उपहार रु.१२ लाखको लक्कीड्र«मा परी मान बहादुर खत्री विजेता घोषित भएका छन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स् भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सिताराम कट्टेलद्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत उक्त विजेता घोषणा गरियो ।

यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार असी जनाले रु.२०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले रु १० हजार नगद र ३ जनाले रु. १ लाख नगद प्राप्त गरिसकेका छन् ।

ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु.२०० को मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा रु. १०,हजार तीन जनालाई र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु.१ लाख र अन्त्यमा एक जना भाग्यशाली विजेताले रु १२लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो १२ औं बार्षिकोत्सवको उपलक्ष्यका साथै दसै, तिहार र छठ्लाई लक्षित गर्दै यस “लखपति एक्सप्रेस” योजनाको आयोजना गरेको थियो ।

यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बैठकले …

प्रतिकृया दिनुहॊस