आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री यादवले कुटे सचिव, तीन सदस्यीय छानबिन समिति गठन

काठमाडाैँ । प्रदेश २ मा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवमाथि कुटपिट गरेको विषयमा प्रदेश सरकारले ३ सदस्यीय छानबिन समिति बनाएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । जसमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य छन् ।

उक्त समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही गर्ने मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आफ्नै कार्यकक्षमा बोलाएर उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेका थिए।

सचिव यादवले केन्द्र गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै आफूमाथि कुटपिट गरेकोे बताए।पीडित सचिवलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएका थिए। तर, तीमध्येबाट ४० वटा संस्था छनोट भएका थिए।

वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रुपमा कार्यभार सम्हालेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस