प्राइम कमर्सियल बैंकको नयाँ शाखा सिन्धुलीको फिक्कल गाँउपालिकामा

काठमाडौं । प्राइम कमर्सियल बैंकले सिन्धुलीको फिक्कल गाँउपालिकामा शाखाको शुरुवात गरेको छ । बैंकको ७२ शाखा कार्यालयकाे स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा फिक्कल गाँउपालिका अध्यक्ष धनबहादुर कार्कीले शाखा कार्यालय फिक्कलको उद्घाटन गरेका छन् ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ । बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दसैँ अगावै आइपुग्ने

काठमाडौँ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा …

प्रतिकृया दिनुहॊस

This will auto close after