कृषि विकास बैंकको २१ प्रतिशत लाभांश प्रस्ताव, सरकारलाई १३२ करोड नगद

काठमाडौं । कृषि विकास बैंकले शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ६ प्रतिशत बोनस शेयर र १५‍‍.०५३ प्रतिशत नगद लाभांश गरी उक्त मात्रामा शेयर दिने निर्णय गरेको हो । त्यस्तै अग्राधिकार शेयरमा पनि छ प्रतिशत नगद लाभा‌ंशकाे प्रस्ताव गरिएकाे छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि प्रदान गरिने समेत बैंकले स्पष्ठ पारेको छ ।

कुल १३ अर्ब ९३ करोड शेयर पुँजी भएको कृषि विकास बैंकमा सरकारको ५ अर्ब ४३ करोड रुपैंया बराबरको ६ प्रतिशत लाभांशको अभिमोच्य अग्राधिकार शेयर छ त्यसको ३२ करोड ५८ लाख रुपैंया लाभांश प्राप्त हुन्छ भने भने बाँकी ८ अर्ब ५० करोड साधारण शेयरमध्ये ७८.२२ प्रतिशत अर्थात् ६ अर्ब ६५ करोड बराबरको शेयर को १५.०५३ प्रतिशतका दरले करिब १ अर्ब रुपैंया लाभांश प्राप्त हुन्छ ।

यसरी कुल १२ अर्ब ८ करोड रुपैंया बराबरका शेयरले ६ प्रतिशतको दरले नगद लाभांश लैंजाँदा सरकारले करिब १ अर्ब ३२ करोड ५० लाख रुपैंया भन्दा लाख रुपैंया नगद लाभांश पाउनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस