राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे बीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस लिमिटेडबीच एनपीएस–एनसीएस (NPS-NCS) अन्तर्गत नेपाल पे कार्डसम्बन्धी सम्झौता सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्झौतापत्र आदानप्रदान गरिएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल क्लियिरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियिरिङ हाउस लिमिटेडमार्फत उपलब्ध हुने एनपीएस नेसनल कार्ड स्विच (National Card Switch–NCS) तथा डोमेस्टिक कार्ड स्किम नेपालपे (Domestic Card Scheme–NepalPay Card) को प्रमुख सदस्य बनेको छ । यससँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले निकट भविष्यमा नेपाल पे कार्डसम्बन्धी विभिन्न सेवा उपभोग गर्न सक्ने बैंकले वताएकाे छ । सम्झौतापत्र आदानप्रदान कार्यक्रममा नेपाल क्लियिरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, कार्ड बिजनेस प्रमुख पविन्द्र राजभण्डारी तथा कार्ड अपरेसन प्रमुख प्रविन आचार्यको उपस्थिति रहेको थियो । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उपकार्यकारी अधिकृत पवन रेग्मी, डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख गगन सिंह घिमिरे, विभागीय उपप्रमुख हेमन्त जिसी, प्रबन्धक राजेश कुमार मोक्तान, उपप्रबन्धक समिरा आचार्य लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री