दुर्घटनामा २ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको ज्यान गएको छ । छत्रदेव गाउँपालिका–७ देउरालिमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।  चारजना घाइते भएका छन् । दुर्घटनामा भूमिकास्थान नगरपालिका–५ बस्ने फूर्सीदेवी बमरेलको उपचारको क्रममा ज्यान गएको हो ।

दुर्घटनामा जीप चालक कृष्ण थापा क्षेत्रीसहित चारजना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ । लु १ ज १७६८ नम्बरको जीप सन्धिखर्कबाट तम्घासका जाँदै गर्दा छत्रदेवको देउरालीमा दुर्घटना भएको जीपमा सवार यात्रु गिता पन्थीले बताए । घाइते २ जानालाई थप उपचारको लागि पाल्पा लगिएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा छत्रदेव गाउँपालिका–४ की सरिता पाण्डे, चालक  दरबारदेवीस्थान गाउँपालिका–३ गुल्मी बस्ने कृष्ण थापा क्षेत्री, रेसुङ्गा नगरपालिका–७ बस्ने गीता पन्थी र सन्धिखर्क नगरपालिका–१२ बस्ने सिमकला कुँवर रहेको यातायातका कार्यालय गुल्मीका प्रमुख डोलबहादुर कुँवरले जानकारी दिए ।

यस्तै, छत्रदेव गाउँपालिकाको नेटाबाट भैयारतर्फ जादैँ गरेको लु १४ प ८२१० नम्बरको मोटरसाइकल ओरालोमा अनियन्त्रित भै पल्टेको थियो । दुर्घटनाबाट प्युठानको मालदेवी गाउँपालिका–२ का २३ वर्षीय भरत पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गणतन्त्रपछि सबैभन्दा बढी सत्ताको स्वाद लिएको माओवादी ९ वर्षपछि प्रतिपक्षको बाटोमा

काठमाडौं । नेकपा माओवादी केन्द्र करिब ९ वर्षपछि प्रतिपक्षमा पुग्ने लगभग निश्चित छ । सोमबार …

प्रतिकृया दिनुहॊस