सिटिजन्स बैंकको प्रदेश नं ३ को प्रादेशिक कार्यालय काठमाडौँको डिल्लीबजारमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पौष २६ गते प्रदेश नं ३ को प्रादेशिक कार्यालय आफ्नै सुविधा सम्पन्न भवन काठमाडौँको डिल्लीबजारमा संचालन गरेको छ ।  बैंकका संचालक समितिका अध्यक्ष डा. शंकर प्रसाद शर्माले ताम्रपत्र अनावरण गरी उक्त प्रादेशिक कार्यालयको उद्घाटन गरे ।

प्रदेश नं ३ अन्तर्गत बैंकका ३४ वटा शाखाहरु (काठमाडौँ उपत्यका भित्र २६ र उपत्यका बाहिर ८ वटा) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।

प्रदेश नं ३ मा रहेका १४ जिल्ला मध्ये ९ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव २ लाख ६० हजार ग्राहकलाई  बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । प्रदेश न ३ मा बैंकले करिव ५७ अर्व निक्षेप परिचालन गरी ४५ अर्व कर्जा प्रवाह गरेको छ ।

नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना ः संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ । यी तीन तहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस