एनआईसी एशिया बैंकद्वारा ५ लाखको बिमा दाबी भुक्तानी

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले ५ लाखको बिमा दाबी भुक्तानी गरेको छ । बैंकको बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोल्ने स्वर्गीय राज कृष्ण श्रेष्ठको मिति २०७५ कार्तिक २० गतेका दिन दुर्घटनामा परि असामयिक निधन भएकोमा उक्त खाता खोल्दा ५ लाख बराबरको स्वतःं दुर्घटना बिमा हुने भएकोले सो बिमाको क्षतिपुर्ति बापत स्वर्गीय राज कृष्ण श्रेष्ठका हकवाला निजको छोरा रजत कृष्ण श्रेष्ठलाई क्षतिपुर्र्ति बापतको ५ लाखको चेक बैंकले हस्तानतरण गरेको छ ।

बैंकले उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत  सन्तोष कुमार राठीबाट पौष २६ गतेका दिन बैंकको केन्द्रिय कार्यालयमा हस्तानतरण गर्यो । उक्त कार्यक्रममा राठीले बैंकको निक्षेप योजनाको क्षतिपुर्ति रकम खातावालको परिवारको चोटमा सानो भएपनि मलम लगाउन पाएकोमा आफु भावबिव्हल भएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस