नेपाल नगदरहित कारोबारमा उन्मुख : अध्यक्ष कोइराला

काठमाडाैं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नेपाल नगदरहित कारोबारमा उन्मुख भइरहेको धारणा राखेका छन् । सोमबार ‘ग्लोबल मनी वीक’ कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै काेइरालाले, ‘विदेशमा बसको टिकटसम्म अनलाइनबाट हुने गरेको छ । भविष्यमा नेपाल पनि क्यासलेस इन्भाइरोमेन्टमा जानेछ । कुनै कुनै देशका नगद नै चल्दैन । त्यस्तै दिशामा नेपाल पनि अगाडी बढिरहेको छ, भने ।

ओटिपि कसैलाई पनि नदिने र कसैले चिट्ठा पर्‍यो भनेर लोभ देखाउँदैमा लोभियो भने आफ्नो खाताको पैसा चोरी हुने जोखिम हुने उनले सल्लाह दिए । ‘आफ्नो ओटिपि कसैलाई दिनु हुँदैन । यदि कसैले पुरस्कार दिन्छु अथवा चिट्ठा पर्‍यो भनेर खाता नम्बर वा पीन नम्बर माग्यो भने त्यस्तो लोभमा पर्नु हुँदैन,अध्यक्ष कोइरालाले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री