ग्लोबल आइएमई बैंकको १५औँ राजश्व संकलन काउन्टर सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल सरकार, आन्तरिक राजस्व विभाग, करदाता सेवा कार्यालय, कावासोती, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा राजस्व संकलन काउन्टर सुरु गरेको छ ।

सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राखी छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले राजस्व संकलन काउन्टर संचालन गरेको हो । यस राजस्व संकलन काउन्टर बैंकको कावासोती शाखाको मातहतमा रहने छ ।

आन्तरिक राजस्व कार्यालय कावासोतीका प्रमुख श्री सुरज कुमार विश्वकर्माले उक्त राजस्व संकलन काउन्टरको एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

१६औं शाखारहित बैंकिङ्ग सेवा

बैंकले ११६औं शाखारहित बैंकिङ्ग सेवा पनि सञ्चालनमा ल्याएको छ ।

बैंकले यही पुस  २० गतेदेखि पाल्पा जिल्लाको तानसेन नगरपालिका १३ बौघा गुम्हामा ११६औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यस शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ र यो शाखारहित बैंकिङ्ग सेवा बैंकको तानसेन शाखाको मातहतमा रहने छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस