एफए कपमा आर्सनल र युनाइटेड भिड्ने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘समर लभ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा केही रमाइला संवादलाई विशेष प्राथमिकता दिइएको देखिन्छ ।

साया (रेवती क्षेत्री) र अतित (आशिष पिया) बीचको ‘लभ जर्नी’ मा सुस्मिता (नम्रता सापकोट) केन्द्रित ट्रेलरमा साया र सुस्मितासँग अतितको लिपलक र बेडसिनलाई प्राथमिकता दिइएको छ ।  लेखक सुविन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’मा आधारित चलचित्रमा लेखकको भूमिकामा सुरजसिंह ठकुरी छन् ।

माघ २५ गते रिलिज हुने चलचित्रमा सुविनको कथालाई सामिप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । संवाद सुविन र सामिप्यले  लेखेका छन् । चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका छन् ।
[youtube https://www.youtube.com/watch?v=BZW2nH-YQ7I]

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री