देशका धेरै ठाउँमा वर्षा,काठमाडौं नजिकका डाँडामा हिमपात

काठमाडौं । आज देशभरको मौसममा बदली भई केही स्थानमा सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिनभरजसो बादल लाग्ने र देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने छ।

अहिले काठमाडौं उपत्यका तथा मध्य क्षेत्रमा वर्षा भइरहेको छ। काठमाडाैं उपत्यकाका चन्द्रागीरि, कालिन्चाेक, शिवपुरीलगायतका केही डाँडाहरुमा हिमपात भएकाे छ।

आज(साेमबार) राति देशको पश्चिमी भू–भागमा आंशिक बदली तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली रहने देखिन्छ। मध्य र पूर्वी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंगलबार भने देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

वर्षा भएसँगै देशभर चिसो बढ्ने मौसमविद्हरुले बताएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस तथा अधिकतम तामक्रम १८.२ डिग्री सेल्सियस मापन गरिएको थियो। सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ०.५ डिग्री तापक्रम रेकर्ड गरिएको महाशाखाले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपदबाट बढी प्रभावित पालिकालाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढी–पहिरोबाट बढी प्रभावित स्थानीय पालिकाहरूलाई संकटग्रस्त …

प्रतिकृया दिनुहॊस