काठमाडाैँ । सेवा शुभारम्भको २८ औं वर्ष प्रवेशसँगै अल्फा बिटा इन्स्टिच्युटले काठमाडौँको लाजिम्पाटस्थीत केन्द्र भवन/त्रिशरा मलको दोस्रो तल्लामा आफ्नो बाह्रौं सेन्टर सञ्चालनमा ल्याएको छ। शुक्रबार शाखा कार्यालयको उद्घाटन एक कार्यक्रमकाबीच नेपालका लागि अस्ट्रेलियाका राजदुत पिटर बडले गरे।
कार्यक्रममा निउ साउथ वाल्सका लागि नेपालका महाबाणिज्यदुत दिपककुमार खड्का, तथा आइडीपी आइएलटिएसका कविर खड्गी लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा राजदुत पिटरले नेपाल र अष्ट्रेलियाबीचको मित्रता आउने दिनमा अझै प्रगाढ हुने आशा व्यक्त गर्दै नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया प्रमुख रोजाई भएकोमा खुशी व्यक्त गरे।
कार्यक्रममा अल्फा बिटा इन्स्टिच्युटका कार्यकारी अध्यक्ष्य द्विराज शर्माले अल्फा बिटा इन्स्टिच्युटले प्रदान गर्दै आएको गुणस्तरीय सेवालाई अझ विस्तार गरिदै लैजाने र थप सुविधामुखी बनाइने प्रतिवद्धता व्यक्त गरे। साथै बाह्रौं सेन्टर शुभारम्भको अवसरमा विभिन्न टेस्ट प्रिपरेसन कक्षाहरुमा अल्फा बिटा इन्स्टिच्युट लाजिम्पाट सेन्टरमा ५० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गरिने पनि जानकारी दिए।
समुद्घाटन कार्यक्रमसंगै अल्फा बिटा लाजिम्पाट सेन्टरमा इण्टरनेशनल एजुकेशन फेयरको पनि आयोजना गरिएको थियो। उक्त फेयरमा अष्ट्रेलिया लगायत अन्य देशका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरुले आफ्नो शैक्षिक कार्यक्रमका बारेमा विद्यार्थीहरुलाई परामर्श दिएका थिए।
उच्च शिक्षा अध्ययनका लागि विश्वका विभिन्न देशमा जान चाहने विद्यार्थीहरुलाई सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा भेट्ने अवसर एजुकेशन फेयरमा मिलेको अल्फा बिटा इन्स्टिच्युटले जनाएको छ।




