यस्ता छन् छाला मुलायम बनाउने घरेलु चार उपाय

काठमाडौँ । प्राकृतिक तेलले छालालाई मुलायम बनाइराख्न निकै सहयोग गर्छ । हाम्रो छालालाई सुक्खा हुनबाट बचाउन ओलिभ तेलबाट महत्वपूर्ण फाइदा लिन सक्छौँ । ओलिभ तेललाईतपाईंको शरीरमा मजाले दल्न सक्नुहुन्छ । यसमा हुने एन्टिअक्सिडेन्टले छालालाई नरम र चिल्लो बनाउन सहयोग गर्छ । ड्यामेज्ड सेलहरूलाई पुनर्जीवित गराउँछ । यसले बढ्दो उमेरको कारण छाला चाउरिने समस्याबाट समेत मुक्त गराउँछ ।

यस्ता छन् छाला मुलायम बनाउने घरेलु चार उपाय :

मह – सुक्खा छालाका लागि एकदम सही मोस्चराइजर हो, मह । मह लगाएर मजाले मसाज गरी दश मिनेटसम्म राख्नुपर्छ । त्यसपछि मनतातो पानीले पखाल्नुहोस् । दैनिक यो कार्य गरे तपाईंको छालामा केही दिनमा नै प्राकृतिक रूपमा चमक देख्नुहुन्छ ।

दूधको छाली, घिउकुमारी, नरिवलको तेल, मह र ओलिभ तेल प्रयोग गरेर चिसोमा पनि सुक्खा छालालाई मुलायम र सुन्दर बनाउन सकिन्छ ।

नरिवलको तेल – नरिवलको तेल पनि छालाको सुक्खापन हटाउने प्राकृतिक तत्व मानिन्छ । हरेक रात सुक्खा छालामा मजाले नरिवलको तेल लगाएर सुत्नुहोस् । बिहान उठ्दा तपाईंको छाला नरम र चमकदार पाउनुहुनेछ । तर, यसको प्रभाव अनुभव गर्न नियमित लगाउनुपर्छ ।

घिउकुमारी – घिउकुमारीको चोप जाडो महिनामा छालामा हुने सुक्खापन हटाउन एकदम राम्रो मोस्चराइजरका रूपमा लिइन्छ । घिउकुमारीको पातलाई काटेर त्यहाँभित्र हुने जेल अनुहारमा लगाउनुहोस् । र, सुक्न दिनुहोस् । सुकिसकेपछि सफा पानीले मजाले पखाल्नुहोस् । यसले तपाईंको अनुहार वा सुक्खा छालालाई नरम बनाउन मद्दत गर्छ ।

दूधको छाली – दूधको छालीले छाला चिलाउने तथा सुक्खापन हटाउन सघाउ पुर्‍याउँछ । छाली सुक्खा छालामा लगाएर सुक्न दिनुहोस् । लगाएको दश मिनेटसम्म राखेर मनतातो पानीले पखाल्नुहोस् । यसले छाला सफा गर्नुका साथै प्राकृतिक चमक दिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस