नेपाल लाइफ समृद्धि लगानी योजना सार्वजनिक हुँदै

काठमाडाैं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना नामक सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृत भई आफ्ना इकाइहरू बिक्रीमा ल्याउने भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट  १३ गते प्रति इकाइ अंकित मूल्य रु. १० का दरले १६ करोड इकाइ, अर्थात् कुल रु. १ अर्ब ६० करोड बराबरको फण्ड निष्कासन गर्न अनुमति प्राप्त भएको हो । यो नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पहिलो बन्दमुखी योजना हो । यस योजनाको अवधि १० वर्ष रहनेछ ।

निष्कासन हुन लागेको नेपाल लाइफ समृद्धि लगानी योजनाले ईक्रा नेपाल लिमिटेड (ICRA Nepal Limited) बाट कोष प्रवर्द्धकका लागि “ICRA NP AMC Fund Rating – AA” तथा योजना व्यवस्थापकका लागि
“ICRA NP AMC Management Rating – AM2+” रेटिङ प्राप्त गरेको छ ।

फण्ड बिक्रीबाट संकलित रकम नेपाल धितोपत्र बोर्डमा दर्ता भएका धितोपत्र, सार्वजनिक निष्काशन भएका धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नेपाल सरकारको स्वामित्व/नियन्त्रणमा रहेका संस्थाले जारी गरेका ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरूमा लगानी गरिने कम्पनीले जनाएको छ ।

योजना व्यवस्थापकद्वारा सम्पूर्ण प्रक्रिया पूरा गरी चाँडै नै सर्वसाधारणका लागि इकाइहरू बिक्रीमा ल्याइने जानकारी पनि दिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री