प्रधानमन्त्री कार्कीले दिइन् तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले यी पर्वहरूले नेपालको बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउँदै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गर्ने विश्वास रहेकाे बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले सबै नेपालीको जीवनमा सुख, समृद्धि र समुन्नति प्राप्त होस् भन्ने कामनासमेत गरेकी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री