७ श्रावण २०८३, बिहीबार

यस्ताे रहनेछ आजको मौसम : तराईमा हुस्सु र देशभर आंशिक बादली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बादली रहेको छ भने तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ ।  आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जानकारी दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप