एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्दचोकमा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्दचोकमा उद्घाटन गरेको छ । एनआईसी एशिया बैंकले सञ्चालनमा ल्याएको दमक फाल्गुनन्दचोक वडा नं १, झापा स्थित फाल्गुनन्दचोक शाखाको एनआई सी एशिया बैंकका संचालक राजेन्द्रप्रसाद अर्यालले उद्घाटन गरेका हुन् ।

उदघाटन समारोहमा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिवृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुराउने जानकारी दिएका छन् । मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४६ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४लाख रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री