काठमाडौंको सिनामंगल स्थित केमसी अस्पतालमा एक बालिकाको मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका छन् । ९ वर्षीया सुनिता बस्नेतको खुट्टा भाँचिएको भन्दै आफन्तले अस्पताल लगेका थिए । डाक्टरले चेकजाँच गर्दा खुट्टा भाँचिएको नभइ मर्किएको भनेर दुखाइ कम गर्ने औषधि खुवाए, ब्यान्डेज बाँधिदिए र सामान्य औषधि दिएर घर पठाका थिए । घर लगेपछि सुनिताको शरीरभरी फोका देखिए । अघिल्लो दिन काटेको टिकटमा औषधिको कारण् शरीरमा फोका र डाबर देखिए औषधि खान नदिएर तुरुन्त अस्पताल ल्याउन भनिएको थियो । तर, आफन्तले ढिलो गरी सोमबार अस्पताल पु¥याए । उपचार गर्दा गर्दै सुनिताको ज्यान गयो । उपचारका क्रममा उनको मृत्यु भएपछि सुनिताको आफन्तले अस्पतालको लापरबाही भन्दै आन्दोलन गरेका छन् । तर अस्पताल भने आफ्नो भन्दा पनि परिवारको लापरबाहीको कारण उनको ज्यान गएको दाबी गरेको छ ।
तपाईंको प्रतिकृया




