चीनको सिचुआन र गान्सु सीमा क्षेत्रमा मंगलबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तिमा १३ पुगेको छ । अन्य १७५ जना भन्दा बढी घाइते भएका छन् ।हालसम्म सात सय ७० भन्दा बढी पराकम्पन महशुस भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति सी जिनपिङले तत्काल उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री ली खछ्याङले पनि अरु सबै काम छाडेर उद्धार र राहतमा जुट्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रभावित क्षेत्रमा चिनियाँ मन्त्रिपरिषद्ले राष्ट्रिय उद्धार टोली परिचालन गरेको छ ।
तपाईंको प्रतिकृया




