अस्ट्रेलिया भ्रमण: ‘याे मन त मेराे नेपाली हाे’

अस्ट्रेलिया । अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको ऐतिहासिक भ्रमणकाे अनुभव साँच्चिकै अविस्मरणीय रह्यो। सिड्नी र मेलबर्नबीचको राजधानी चयन विवादपछि क्यानबेरा शहरलाई राजधानी बनाइएको हो । यहाँ प्रवेश गर्दा पास वा कुनै प्रकारको आइडी कार्ड आवश्यक नपरेकाे देख्दा मलाइ त अचम्म लाग्यो। आफ्नै मान्छे सांसद नभएपनि सहजरूपमा त्यहाँ भित्र छिर्न र अवलाेकन गर्न सजिलै पाइने रहेछ।

सुरक्षा र चेक जाँचको संयोजनले मनलाई आनन्दित बनायाे। मेराे याे पहिलाे पटककाे भ्रमण थियाे । यसले स्पष्ट देखायो की अस्ट्रेलिया कानुन र प्रणालीले चलेको देश हो। त्यही भ्रमणको क्रममा हामी सपरिवार नै क्वीन एलिजावेथ लुकआउट पुग्यौं। १२ फेब्रुअरी सन् १९५४ मा महारानी एलिजाबेथ द्वितीयले यहाँबाट जेम्सन उपत्यकाको सुन्दर दृश्य अवलोकन गर्नुभएको थियो। सन् २०१७ फेब्रुअरी २ मा यस स्थलको पुनः उद्घाटन गरिएको थियो। दैनिक रूपमा सयौं पर्यटक यहाँ भ्रमण गर्न आउने रहेछन् । यसले मलाइ आनन्दित तुल्यायाे ।

अस्ट्रेलियाकाे  सिड्नी र नेपालकाे  काठमाडाैं शहरकाे तुलना

अस्ट्रेलियाको भौतिक विकास धेरै अगाडि भएपनि प्राकृतिक सुन्दरताको धनी भने हाम्रो नेपाल नै हो। हिमाल,पहाड, जंगल, खोलानाला, धार्मिक स्थल र सांस्कृतिक सम्पदा हाम्रो देशमा पर्याप्त छन्।  हामी नेपालमै सबैथाेक पाउँछाैं । यसमध्ये नेपालकाे राजधानी काठमाडाै‌ र सिड्नीलाइ तुलना गर्दा जीवनशैली लगायत रहनसहन लगभग उस्तै उस्तै नै लाग्याे । सिड्नी र काठमाडौं दुवै महँगोमा पर्ने शहर भएकाे अनुभव मैले गरें। घरभाडा, खाना र यातायात महँगो लाग्याे दुबैतीर । दुबै शहरका बहुसांस्कृतिक जीवनशैली अनि व्यस्त कामकाजी जीन्दगीलाइ पनि हामी तुलना गर्न सक्छाैं।  घुमफिर र मनाेरन्जनका लागि दुबै चर्चित शहर उपयुक्त छन् । रमाइलो गर्ने स्थानहरु सिड्नीमा ओपेरा हाउस, हार्बर ब्रिज, बाेन्डी बिच मु्ख्य हुन् भने काठमाडौंमा दरबार स्क्वायर, ठमेल, स्वयम्भू, बौद्धनाथ, पाटन–भक्तपुर आदि हुन् ।

क्यानबेरा

 चुनौती र अवसर

अस्ट्रेलियामा अवसर र प्रतिस्पर्धा दुवै सँगसँगैजस्ताे देखिन्छ । नेपालमा अवसर बढ्दै गएपनि संरचना कमजोर देखिन्छ । हाम्राे देशले योग्य नेतृत्व, सत्यनिष्ठ भावना र देशभक्तप्रति लगाव राख्ने साेच लिने हाे भने बलिया संरचना निर्माण हुन्छ । हामीकहाँ कानुन र प्रणालीलाइ नमान्ने चलन छ । समानता र अवसरले देश बदल्न समय लाग्दैन । अस्ट्रेलियामा  नियम र कानुन छ । ओपेरा हाउस, हार्बर ब्रिज, समुद्र तट (Bondi Beach) र पार्कहरूले जीवन रमाइलो बनाउँछन्। मेलबर्नमा कला, संस्कृति र कफी कल्चरले मन नै मज्जाले लोभ्याउँछ। शहरको अनुशासन, सफा सडक, व्यवस्थित सार्वजनिक यातायात र आधुनिक संरचनाले नेपालमा यस्ता व्यवस्थाको आवश्यकता महसुस गरें मैले। विशेषत सिड्नी र काठमाडौं दुई भिन्न देशका सहर भए पनि जीवनशैली, महंगी, व्यस्तता र रमाइलो गर्ने अवसरको हिसाबले “उस्तै–उस्तै” देखिन्छ।

सिड्नी हार्ड ब्रिज

नेपाली समुदायकाे देउसीअनुभव

Gosford Waterfront Carnival परिसरमा हामीले नेपाली दिदीबहिनी, दाजुभाइसँग देउसी–भैलो खेलेर रमाइलो गर्यौं। विदेशमा रहेर पनि आफ्नै संस्कृति र पहिचान जगेर्ना गर्न पाउनु गौरवको विषय हो। यहाँको वातावरणले असाध्यै खुसी बनायाे । Hunter Valley Wine Tasting हाम्रो भ्रमणको अर्को रमाइलो अनुभव Hunter Valley मा wine tasting थियो। Tempus Two वाइन कम्पनी सन् १८६८ मा स्थापित भएको रहेछ। स्पार्क्लिङ, ह्वाइट, रोजे, रेड, स्वीट र जिन—यी सबै वाइनको स्वाद अलग-अलग र विशेष थियो।

हन्टर भ्यालीको हरियाली, शान्त वातावरण र जाडो मौसमले काठमाडाैकाे जाडाे महिनाकाे सम्झना दिलायो। अस्ट्रेलिया अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संघर्ष पनि धेरै नै हुँदाे रहेछ । विद्यार्थीहरू सुरुमा शून्य संघर्षबाट गर्नुपर्ने अनुभव सुन्न पाइयाे। आर्थिक अभाव, भाषा–संस्कृति फरक, उच्च भाडा र समय व्यवस्थापन यहाँका प्रमुख चुनाैती हुन् । यहाँकाे अध्ययन पूरा गरेपछि रोजगारी पाउनसाथ जीवनशैलीमा भने सुधार आउने रहेछ। यही कारण अस्ट्रेलिया नेपाली समुदायका लागि आकर्षक गन्तव्य बनेको छ।

जीवन दर्शन र व्यक्तिगत अनुभूति

समय सँगै आमा–बाबाबाट सासु–ससुरा बनेको हाम्रो जीवन यात्रा पनि यादगार बन्यो। शक्ति र सौन्दर्य घट्न सक्छ, तर माया गहिरिँदै जान्छ। छोराको बिहे सम्पन्न भएको र असल बुहारीको आगमनले परिवारमा नयाँ ऊर्जा थपेको छ। याे अनुभव पनि मेराे लागि गजव बन्याे ।

जीवनको वास्तविकता पनि यही हो। मिलन र बिछोड दुवै अस्थायी तर प्रेम, सम्झना र ममता अमर रहन्छन्। “परदेशमा भएपनि, हृदय भने सधैं मातृभूमिको आँगनमै हुन्छ। जतिनै टाढा भएपनि याे मन त मेराे नेपाली हाे । यस्ताे अनुभूति भइनै रहन्थ्याे ।

यसपालिको तीज

तीजकाे सम्झना

यसपालिको तीज परदेशी भूमिमा नाचेर रामाइलो गरियो । आफ्नै देश, आफ्नै गाउँघर र आमा–दिदीबहिनीहरूको साथमा रमाइलो गर्ने अवसर नभएपनि सबैको हृदयमा तीजको उमंग भने त्यत्तिकै हुने रहेछ । वास्तवमा पर्वलाई विशेष बनाउने कुरा स्थान होइन रहेछ, सम्बन्ध र मायाको गहिराइ रहेछ भन्ने सत्य फेरि प्रष्टसँगअनुभव भयो । नेपाली संस्कारले बाँध्ने डोरी जहाँ पुगेपनि हाम्रो मनलाई एउटै परिवार र एउटै संस्कृतिमा जोडिरहन्छ । यही आत्मीयता नै तीजको वास्तविक सुन्दरता हो ।

शिक्षा र अवसर

समय अनियन्त्रित छ तर हरेक अनुभव र यात्राले हामीलाई नयाँ शिक्षा र अवसर दिन्छ। जीवनका प्रत्येक पाटाहरु, सुख, दुःख, संघर्ष, प्रेमबाट सिर्जित हुन्छन्। सबै समयको खेल नै त रहेछ आँखिर । यही बुझाइसहित हाम्रो यात्रा निरन्तर अघि बढिरहन्छ। बढिरहेकाे छ ।

 अष्ट्रेलिया कानुन र सिस्टमले चलेको देश हो । यहाँ धनी र गरिब छुट्याउने आधार प्रायः देखिन्न । जीवनस्तर, घर, गाडी, रहनसहन सबै प्रायः समानस्तरको नै देखिन्छ । तर अष्ट्रेलियामा अध्ययनका लागि आउने विद्यार्थीहरू भने सुरुमा शून्यबाटै संघर्ष आरम्भ गर्छन् । उनीहरूले पढाइसँगै स–साना काम गर्नुपर्छ । समय व्यवस्थापन गर्न कठिन पर्छ । आर्थिक अभाव, भाषा–संस्कृतिको फरक र उच्च भाडा तिर्नपर्ने दैनिक रुपमा चुनौती खेप्नुपर्ने हुन्छ ।

यो संघर्षको अवस्था धेरैका लागि कष्टपूर्ण हुन्छ । तर जब उनीहरूले अध्ययन पूरा गरी आफ्नै विषय अनुसारको रोजगारी पाउन थाल्छन्, तब उनीहरूको जीवनशैलीमा राम्राे सुधार आउँछ । स्थायी जागिर पाएपछि उनीहरू सुरक्षित आय स्रोतसहित उच्च जीवनस्तरतर्फ अघि बढ्छन् । अहिले अष्ट्रेलियामा रहेका नेपाली युवाहरू यसरी नै अगाडि बढिरहेका छन् ।

सुरुमा संघर्षको कठोर अनुभव बोकेपनि पछि आत्मनिर्भर र सम्मानजनक जीवनशैली बनाउन सफल भइरहेका छन् । यही कारण अष्ट्रेलिया नेपाली समुदायका लागि आकर्षक गन्तव्य बनेको छ ।  वास्तवमा नेपाल र स्ट्रेलिया दुबै सुन्दर लाग्याे । हामी नेपालीहरु जहाँ रहेपनि जन्मिएकाे देशजस्ताे प्याराे कतै नलाग्ने रहेछ ।  मिस यु नेपाल । याे मन त मेराे नेपाली हाे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री