अब सहारा विकास बैंक पनि विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा

काठमाडौं । अब सहारा विकास बैंक पनि विद्युतीय चेक क्लियरिङ्ग प्रणाली(एनसीएचएल–इसीसी) सेवामा आवद्ध भएको छ । उक्त सेवाको लागि बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच बिहीबार एनसीएचएल-इसीसी र अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस) सेवा सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतामा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सहारा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनयकुमार शाहले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतासँगै बैंकले आवद्ध भएका भुक्तानी प्रणालीहरुको सेवा चरणबद्ध रुपमा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउने छ । पहिलो चरणमा आफ्ना ग्राहकहरुको चेकबाट हुुने कारोबारहरुलाई राफसाफ गराउने उदेश्यका साथ आजबाट विद्युतीय एनसीएचएल–इसीसको सेवा शुरु गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस