प्राइम कमर्सियल बैंक लिमिटेडको शाखा पाँचथरको फालेलुङमा

पाँचथर। आफ्नो शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले पाँचथरको फालेलुङ गाँउपालिकामा शाखा संचालनमा ल्याएको छ । शाखाको संचालनपछि बैंकको शाखा कार्यालय संख्या ६९ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा फालेलुङ गाँउपालिका अध्यक्ष सन्च कुमार केरुङले शाखा कार्यालयको उद्घाटन गरे । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री