काठमाडौं । नबिल बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट औपचारिक स्वीकृति प्राप्त गरेको छ। सेबोनले बैंकले प्रस्ताव गरेको ‘८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न मंसिर ५ गते अनुमति दिएको हो।
स्वीकृतिपछि बैंकले अंकित मूल्य रु. १०० का दरले ५ करोड कित्ता अग्राधिकार शेयर निष्कासन गर्नेछ। बैंकका अनुसार उक्त पूँजी व्यवस्थापन तथा बिक्री प्रक्रिया एनआईसी एशिया क्यापिटलले सम्हाल्नेछ।
तपाईंको प्रतिकृया




