झिनो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.९३ अंकले घटेर २ हजार ५६०.१५ विन्दुमा बन्द भएको हो।

आज १ करोड ४ लाख ४९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ६८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

त्यस्तै, धौलागिरी लघुवित्त, बन्दिपुर केबलकार, झापा इनर्जी र सागर डिष्टिलरीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार साहस ऊर्जाको भएको छ । कम्पनीको मात्र ४१ करोड ८० लाख ८३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री