अत्यधिक चिसो बढेपछि हुम्लामा ४५ दिन विद्यालय बन्द

हुम्ला । अत्यधिक चिसोका कारण सोमबारदेखि हुम्ला जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन्। सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ। आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताए।

“आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, अनी नयाँ शैक्षिक सत्रको शुरुवात गरिनेछ,” मानसरोवर माविका शिक्षक रेशमराज रोकायाले भने।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका वर्ष फडेराका अनुसार चिसोका कारण जिल्लाका १५१ विद्यालय बन्द भएका छन्। यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री