एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स अधिकृत डिलर नियुक्त, बुटवलमा नयाँ शोरूम उद्घाटन

काठमाडौं । नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्सले देशैभरी डिलर बिस्तार गर्ने आफ्नो रणनीतिक योजनाअन्तर्गत बुटवलको लागि सोमार्जुन मोटर्सलाई आधिकारीक डिलर नियुक्त गरेको छ ।

बुटवल र आसपासका क्षेत्रहरुका लागि जिली इएक्स फाइभका इभीहरु स्थानीयस्तरमै उपलब्ध गराउने उदेश्य सहित आज आयोजित एक विशेष समारोहको क्रममा सोमार्जुन मोटर्सद्वारा नव–निर्मित शोरूमको औपचारिक उद्घाटन समेत गरिएको छ ।

एलआरआर मोटर्सले यस वर्षभित्र देशभरी जम्मा १४ वटा डिलर नियुक्त गर्ने हालैको घोषणाको पहिलो खुड्किलोको रुपमा आजको डिलर शोरुमको उद्घाटनलाई लिइएको छ ।
साथै आजकै उद्घाटन कार्यक्रमको अवसरमा सोमार्जुन मोटर्स्ले दुईवटा जिली इएक्स फाइभ म्याक्सको बिक्री हस्तारण गरेको छ । पहिलो दिनमै दुईवटा इएक्स फाइभको बिक्रीले यस क्षेत्रमा जिली ब्राण्डको लोकप्रियता र ग्राहकहरुको रुचीलाई दर्शाएको कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहसँगै नयाँ डिलर–शोरूमले पूर्ण रूपमा सञ्चालनको थालनी गर्दै बुटवल तथा आसपासका क्षेत्रका ग्राहकहरूको लागि जिलीका विश्वप्रसिद्ध इएक्स फाइभ म्याक्स र प्रो मोडेलहरूको बिक्री, बिक्री–पछिको सेवा तथा स्पेयर पाट्र्सको सहज उपलब्धता गराउनेछ ।
“बुटवल क्षेत्रका लागि एलआरआर मोटर्सको अधिकृत डिलरका रूपमा चयन भइ यहाँका इभीप्रेमीहरुको लागि जिली इएक्स फाइभलाई उहाँहरुको घरदैलोसम्म पु¥याउन पाउँदा हामी हर्षित छौं,” सोमार्जुन मोटर्सका सीईओ अर्जुन भूषाल भन्छन् “हामीले बुटवलका ग्राहकहरूलाई विश्वस्त, आधुनिक र सुरक्षित इभि विकल्प प्रदान गर्ने उद्देश्यका साथ जिली इएक्स फाइभको वितरण सुरु गरेका हौं । इएक्स फाइभको गुणस्तर, प्राविधिक क्षमता र भरपर्दोपनाले यसलाई हाम्रो क्षेत्रकै अत्यन्त आकर्षक मोडल बनाउनेमा हामी पूर्ण रूपमा विश्वस्त छौं।”

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले जिली ब्राण्डको देशव्यापी विस्तारमा सोमार्जुन मोटर्स्जस्तो प्रतिबद्ध र सक्षम साझेदार अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । नयाँ शो–रूमले अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा र उन्नत ग्राहक अनुभवप्रतिको साझा प्रतिबद्धता झल्काएको उनले बताए ।
“सोमार्जुन मोटर्सलाई जिली इएक्स फाइभको डिलर सञ्जालमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । यस क्षेत्रमा सोमार्जुनको स्थानीय विश्वसनीयता र ग्राहक–सेवाप्रतीको प्रतिबद्धताले पश्चिम क्षेत्रमा हाम्रो विस्तारलाई अझ प्रभावकारी बनाउनेछमा हामी ढुक्क छौं।”

सोमार्जुन मोटर्सले बुटवल र आसपासका क्षेत्रहरुको इभी उपभोक्ताहरुको बदलिँदो आवश्यकताअनुसार सेवा पु¥याउन सक्षम अनुभवी जनशक्ति र जिलीको विश्वस्तरिय मापदण्डअनुसारका आधुनिक बिक्रीपश्चातको सेवासुविधाहरूसमेतको व्यवस्था गरेको छ । बुटवलमा जिली इएक्स फाइभ उपलब्ध भएसँगै, ग्राहकहरूले सहज सेवा, गुणस्तरीय स्पेयर पाट्र्स तथा उत्कृष्ट बिक्री–पछिको सेवा पनि सोमार्जुन मोटर्समार्फत प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री