देशभर एकता सन्देश सभा गर्ने नेपाली कम्युनिस्ट पार्टीको घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले मङ्सिर ९ गतेदेखि देशभर ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ ।

आइतबार पेरिस डाँडामा बसेको नवगठित पार्टीका उपलब्ध पूर्वपदाधिकारीहरूको बैठकले प्रदेश, जिल्ला र पालिका तहमा क्रमिक रूपमा एकता सन्देश सभा आयोजना गर्ने निर्णय गरेको पार्टीका नेता झलनाथ खनालले जानकारी दिए।

खनालका अनुसार पार्टी एकताको सन्देश प्रसारण गर्न अपिल प्रकाशित गर्ने र विशेष अन्तर–पार्टी निर्देशन जारी गर्ने निर्णय पनि बैठकले गरेको छ । निर्देशनमा एकता सन्देश सभाको मोडालिटी तथा कार्यक्रम सञ्चालनका विवरण समेटिनेछ ।

उनले पार्टीको एकता कुनै शक्तिको विरोधमा नभई जनतालाई जागृत र संगठित गर्दै समाजवादको दिशामा अघि बढ्ने उद्देश्यले भएको बताए ।

खनालले अशोक राई र उपेन्द्र यादव नेतृत्वका पार्टीहरूसँग छलफल भइरहेको उल्लेख गर्दै छिट्टै एकीकृत हुन सक्ने विश्वास व्यक्त गरे।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री