गगनलाई किशोरको जवाफ- ‘पपुलर कुरा गरेर देउवालाई गलत नखोज्नुस् एकताको कुरा गरौं

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले आसन्न निर्वाचनअघि पार्टीको महाधिवेशन गर्ने कुनै पनि निर्णयको सशक्त विरोध गर्ने चेतावनी दिएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा उनले यस्तो निर्णय गरिएमा ‘नोट अफ डिसेन्ट’ लेख्ने अडान व्यक्त गरेका हुन् ।

राठौरले देश ‘गृहयुद्ध’ को सँघारमा रहेको भन्दै यस विषम परिस्थितिमा कांग्रेस जसरी पनि निर्वाचनमा होमिनुपर्नेमा जोड दिए। उनले भने, “देश गृहयुद्धमा जाँदैछ, त्यसैले जसरी हुन्छ चुनावमा जानुपर्छ। जेनजीको मागलाई सम्बोधन गर्नुपर्दछ।”

सहमहामन्त्री राठौरले पार्टीभित्र सभापति शेरबहादुर देउवालाई ‘गलत’ चित्रण गर्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाए। उनले देउवालाई मात्र नभई पार्टीका सम्पूर्ण पदाधिकारीहरूलाई पनि यसको जिम्मेवारी लिन आग्रह गरे। “गगनजीहरू बढी पपुलर कुरा गर्नुहुन्छ, हामी त्यो गर्दैनौं। पार्टीको एकता गर्ने मान्छे शेरबहादुर देउवा गलत, तपाईंहरू मात्र ठीक?”, उनले प्रश्न गरे, “शेरबहादुर देउवामात्र होइन, हामी सबै पदाधिकारी पनि गलत हो।”

राठौरको यो अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक वहसलाई थप सतहमा ल्याएको छ। निर्वाचनअघि महाधिवेशनको सम्भावनालाई अस्वीकार गर्दै राठौरले पार्टीलाई एकताबद्ध भई चुनावी मैदानमा उत्रिनुपर्नेमा जोड दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री