आईजीपी दानबहादुर कार्कीले लगाए दर्ज्यानी चिह्न, सम्हाले नेपाल प्रहरीको कमाण्ड

काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त भएका दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित एक समारोहमा गृह सचिव रामेश्वर दंगालले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरे । प्रहरी नियमावलीमा तोकिएको ३० वर्षे सेवा अवधिका कारण निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङले कात्तिक २६ गते मध्यरातबाट अनिवार्य अवकाश पाएपछि नेपाल प्रहरीको कमान्ड कार्कीको हातमा आएको हो ।

मन्त्रिपरिषदको कात्तिक २५ गते बसेको बैठकले नै कार्कीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरिसकेको थियो । आईजीपी कार्कीसँग चुनौतीपूर्ण जिम्मेवारी सम्हालेको लामो अनुभव छ । २४ भदौमा ‘जेनजी आन्दोलन’ हुँदा उनले उपत्यकाको कमाण्ड सफलतापूर्वक सम्हालेका थिए । त्यसअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।

डीआईजीको जिम्मेवारीमा रहँदा लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका कार्कीले एसएसपी हुँदा काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व गरेका थिए । सोही अवधिमा बहुचर्चित भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो। फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव भएका कार्कीले इमान्दार र निष्ठावान प्रहरी अधिकृतको छवि बनाएका छन् । उनी कुनै ठूलो आर्थिक विवादमा नमुछिएका प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री