काठमाडौंको न्यूनतम तापक्रम थप घट्यो

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढेको छ । उपत्यकाको न्यूनतम तापक्रम आज थप घटेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज (बुधबार) बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको हो ।

हिजो काठमाडौंका तापक्रम १०.१ डिग्री सेल्सियस थियो । मौसम महाशाखाको तथ्यांकअनुसार काठमाडौँका लागि यो न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै कम हो।

मौसमविद् लामिछानेका अनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना देखिएको छैन। हिउँद लागेयता काठमाडौँ उपत्यकासहित देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। मौसमविद्का अनुसार न्यूनतम बिहान ८ः४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५स्४५ बजे मापन गरिन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री