धनुषामा मिटरव्याज पीडित महिलाको बीभत्स हत्या

काठमाडौं ।धनुषाको हंसपुर नगरपालिका-७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमका अनुसार सोमबार घरबाट करिब ५०० मिटर टाढा खेतमा उनको शव भेटिएको हो ।

प्रारम्भिक अनुसन्धान अनुसार चन्द्रकलाको अनुहार र टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको भनाइ छ । सोमबार राति करिब ९ बजे घटना बारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

मृतकले लगाएका सुनचाँदीका गरगहना समेत लुटिएको अवस्थामा शव भेटिएको र प्रहरीले ती गहना बरामद गरेको जनाएको छ । घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप