काठमाडाैं ।एक्सप्लोर अर्थ मुभर्स प्रा. लि., पन्चकन्या ग्रुपअन्तर्गतको एक अग्रणी व्यवसायिक कम्पनीले नेपालकै पहिलो इलेक्ट्रिक ह्वील लोडर SDLG L936HEV सार्वजनिक गरेको छ। ललितपुर महानगरपालिका–३, कृष्णगल्लीस्थित ग्रुपको प्रधान कार्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा उक्त इलेक्ट्रिक लोडर सार्वजनिक गरिएको हो।
नेपाली बजारमा लामो समयदेखि निर्माण–संबन्धी भारी उपकरण वितरण गर्दै आएको एक्सप्लोर अर्थ मुभर्सले यो नवीनतम वातावरणमैत्री प्रविधियुक्त मेसिन मार्फत हरित ऊर्जाको प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। कम्पनीका अनुसार, यो लोडरले शून्य उत्सर्जन गर्दै, नेपाल सरकारले विधुतीय सवारीसाधन र स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि अपनाएको नीति सुदृढ गर्न सहयोग पुर्याउनेछ।
SDLG L936HEV अत्याधुनिक इलेक्ट्रिक ड्राइभ प्रणाली, स्मार्ट ब्याट्री व्यवस्थापन र कम आवाजमा उच्च प्रदर्शन गर्ने प्रविधिसहित तयार गरिएको छ। यसले पारम्परिक डिजेल लोडरको तुलनामा ऊर्जा दक्षता वृद्धि गर्न र मर्मत लागत घटाउन सहयोग पुर्याउने बताइएको छ।
कम्पनीका अनुसार, यो लोडर सहरभित्रका निर्माण कार्य, औद्योगिक क्षेत्र, तथा वातावरणीय संवेदनशील स्थानहरूमा प्रयोगका लागि उपयुक्त छ।
मुख्य विशेषताहरूः
शून्य उत्सर्जन: सफा हावा र कम कार्बन फुटप्रिन्ट
उच्च ऊर्जा दक्षता: अत्याधुनिक ब्याट्री प्रविधिले लामो सञ्चालन समय
मजबूत प्रदर्शन: पारम्परिक लोडरभन्दा शक्तिशाली र विश्वसनीय
कम मर्मत खर्च: इलेक्ट्रिक ड्राइभ प्रणालीले सञ्चालन खर्च घटाउँछ
प्राविधिक विवरणः
ब्याट्री शक्ति: १८०.५ kWh (लिथियम आयरन फस्फेट)
मोटर शक्ति: ६० kW (नियमित), ९० kW (अधिकतम)
बकेट क्षमता: १.५–३.० m³ (मानक २.१ m³)
यो नयाँ इलेक्ट्रिक ह्वील लोडर हाल एक्सप्लोर अर्थ मुभर्स प्रा. लि., बाल्खु, काठमाडौंमा प्रदर्शनका लागि उपलब्ध छ।
एक्सप्लोर अर्थ मुभर्सको नेपालकै पहिलो इलेक्ट्रिक ह्वील लोडर ‘SDLG L936HEV’ सार्वजनिक
तपाईंको प्रतिकृया




