आज उपत्यकामा गाईजात्रा मनाइँदै

काठमाडौँ । काठमाडौं उपत्यकालगायत नेपालभाषीको सघन बसोबास रहेका ठाउँमा मंगलबार सापारु (गाईजात्रा) भव्यतासाथ मनाइँदै छ। एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झना गर्दै गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना स्थानमा परिक्रमा गराइने चलन छ । नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहँदै अाएकाे छ ।

धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एक दिन मात्र यमलोकको ढोका खुला हुने जनविश्वास छ। यही विश्वासका साथ गाईजात्रा मनाइन्छ । यस दिन गाईको प्रतीक तहा साँ वा जिउँदो गाईलाई नै नगर परिक्रमा गराइन्छ । धार्मिक ग्रन्थ तथा किवंदन्तीअनुसार गाईजात्राको दिन गाईले टेकेको एक पाइला बराबर एक अश्वमेघ यज्ञको फल प्राप्त हुने जनविश्वास छ ।

याे चलन राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई ‘आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको मान्यता छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds