साझा विकास बैैंकको डेढ करोड नाफा

काठमाडौं । सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७३/०७४ मा १ करोड ५७ लाख ६१ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

अघिल्लो वर्ष ४२ लाख ३४ हजार घाटामा रहेको यो बैंकले एकै वर्ष उक्त नाफा गर्न सफल भएको हो ।

यो बैंकको गत असार मसान्तसम्मको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ ।

यो बैंकले गत आवसम्ममा ५१ करोड २१ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरेर ३७ करोड ६ लाख ३१ हजार रुपैयाँ कर्जा सापटी दिएको छ ।

यसले गरेको लगानी ३६ लाख रुपैयाँ छ । यो बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६७ पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ ८६ रुपैयाा ९६ पैसा छ । यसको खराव कर्जा ४ दशमलव २४ प्रतिशत रहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री