काठमाडौं । स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव समेत रहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीले सरकारी सेवाबाटै राजीनामा दिएका छन् । शुक्रवार स्वास्थ्यमन्त्री सुधा शर्मालाई भेटेर उनले राजीनामा पत्र दिएका हुन् ।
बराकोटीले आफूले स्वास्थ्य र पारिवारिक कारणले राजीनामा दिएको बताएका छन् । १२ औँ तहका उनको सेवा अवधि अझैँ करिब दुई वर्ष बाँकी नै छ । उनको राजीनामा मन्त्रीपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।
तपाईंको प्रतिकृया




