काठमाडौं । सुर्खेतमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने जुम्ला तिला गाउँपालिका-९ घर भएका ४० वर्षीय हंस बहादुर बोहोरा रहेका छन् । उनलाई बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बोहोराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईंको प्रतिकृया




