जाँचबुझ आयोगलाई प्रहरीले बुझायो जेनजी आन्दोलनमा खटिएकाहरूको सूची

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा खटिने प्रहरी कर्मचारीको सूची प्रहरी प्रधान कार्यालयले जाँचबुझ आयोगलाई बुझाएको छ । गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन सम्बन्धमा छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकामा खटिएका प्रहरीको सूची पठाएको हो ।

अब उनीहरूको बयान सुरु गर्ने आयोगको तयारी छ । आयेगका एक सदस्यले भने, ‘जेनजी आन्दोलनका क्रममा खटिएका प्रहरीहरूको सूची प्राप्त भएको छ । आजैबाट बयानका लागि बोलाउने तयारीमा छौं ।’

यसअघि प्रहरीले आईजीपीदेखि जवानसम्म सबै फिल्डमा खटिएको जवाफ आयोगलाई दिएको थियो । उक्त जवाफपछि आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई कारबाहीको चेतावनी दिँदै विवरण माग गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री