काठमाडौं । अमेरिकी राजनीतिमा उदाउँदै गरेका दुई प्रभावशाली युवा अनुहार, न्युयोर्कका नवनिर्वाचित नगरप्रमुख जोहरान मम्दानी र चर्चित सांसद अलेक्जेन्ड्रिया ओकासियो कर्तेज (एओसी) बीच हालै एक विशेष भेटघाट सम्पन्न भएको छ । यो भेटघाटले राजनीतिक वृत्तमा मात्र नभई नेपाली समुदायमाझ पनि निकै चर्चा बटुलेको छ, किनभने यसको पृष्ठभूमिमा थियो ज्याक्सन हाइट्सको सुप्रसिद्ध नेपाली रेष्टुरेन्ट ‘लालिगुराँस बिस्ट्रो’ ।
मेयरमा निर्वाचित भएपछिको पहिलो व्यस्त दिनको अनुभव सुनाउँदै मम्दानीले बिहीबार ‘एक्स’ (पहिलेको ट्विटर) मा तस्बिरसहितको पोस्ट गरेका थिए । उनले लेखेका छन्, ‘मेयर निर्वाचित भएको पहिलो दिन अत्यन्तै व्यस्त रह्यो: एकाबिहानै अन्तर्वार्ता, घोषणा, बैठक र थप कुराकानी भए । तर, यी सबैमाझ महत्वपूर्ण चाहिँ ज्याक्सन हाइट्सस्थित लालीगुराँस बिस्ट्रोमा हाम्री सांसद एओसीसँगको लन्च बैठक रह्यो ।’
तस्बिरमा मम्दानी र एओसी म:म, चिकेन तन्दुरी, दूध चिया र आलु लगायतका नेपाली परिकारहरूको स्वाद लिँदै सौहार्दपूर्ण गफमा मग्न देखिन्छन् । सन् २००८ मा स्थापित लालिगुराँस बिस्ट्रो न्युयोर्कको ज्याक्सन हाइट्समा रहेको नेपाली बाहुल्य क्षेत्रको एक लोकप्रिय गन्तव्य हो । नेपाली स्वाद र आतिथ्यका लागि परिचित यो रेष्टुरेन्ट नेपाली समुदायमाझ निकै चर्चित छ ।
मम्दानी र एओसी दुवैले आफ्नो चुनावी अभियानका क्रममा पनि न्युयोर्कका नेपाली समुदायलाई लक्षित गर्दै नेपाली भाषामै पोस्टहरू गरेर आफ्नोपन देखाएका थिए । अमेरिकी राजनीतिको केन्द्रमा नेपाली संस्कृति र परिकारको उपस्थितिले प्रवासी नेपालीहरूमाझ गर्वको अनुभूति गराएको छ । यो घट




