सीजी ब्रान्डद्वारा ‘दशैं टिका फोटो सेयर एण्ड विन’ प्रतियोगिताका विजेतालाई टेलिभिजन प्रदान

काठमाडौं । नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारको अग्रणी ब्रान्ड सीजी ले ‘दशैं टिका फोटो सेयर एण्ड विन प्रतियोगिता’ अन्तर्गत विजेतालाई टेलिभिजन प्रदान गरेको छ ।

बुढानिलकण्ठकी सीता खनाल सापकोटालाई CG Meridia 43GTVU5 43” AI 4K Ultra HD टेलिभिजन प्रदान गरेको छ । हालै बजारमा सार्वजनिक गरिएको यो नवीनतम मोडलले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि र उच्च गुणस्तरीय 4K दृश्य अनुभव प्रदान गर्दछ ।

पुरस्कार प्राप्त गरेपछि विजेता सापकोटाले भनिन्, “म साँच्चै खुशी छु कि म सीजीको दशैं टिका ‘फोटो सेयर एण्ड विन’ प्रतियोगितामा विजेता बनेँ । CG Meridia 43GTVU5 43” AI 4K Ultra HD Television जित्न पाउँदा अत्यन्तै उत्साहित छु र यस अवसरका लागि म आभारी छु ।”

यस प्रतियोगिताले दशैंको पारिवारिक उल्लास र संस्कृतिलाई डिजिटल रूपमा साझा गर्ने अवसर प्रदान गरेको थियो । देशभरिबाट पठाइएका टीका तस्बिरहरूले नेपाली समाजको आत्मीयता, एकता र पारिवारिक स्नेहको सुन्दर झल्को प्रस्तुत गरेका थिए ।

विजेतालाई टेलिभिजन सीजी होम एप्लायन्सेस का प्रतिनिधि भरत प्रसाद साह र सज्ञान ढकाल ले हस्तान्तरण गरेका थिए ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा सेवा दिँदै आएको सीजी इलेक्ट्रोनिक्स ले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट ग्राहक सेवाका माध्यमबाट लाखौं नेपाली उपभोक्ताको विश्वास जित्दै आएको छ ।

हाल कम्पनीले देशभर २० वटा आधुनिक शोरुम र ४० वटा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । साथै, आफ्नो आधिकारिक वेबसाइट सीजीडिजिटल डट कम डट एनपी मार्फत अनलाइन खरिद सेवा पनि उपलब्ध गराइएको छ ।

ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै आएको सीजी ब्रान्ड आज गुणस्तर र विश्वसनीयताको प्रतीकका रूपमा स्थापित भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री