-
बुद्धनगर सरसफाइ कार्यक्रमले ५५० हप्ता पूरा गरेको छ ।
काठमाडौं । बुद्धनगर सरसफाइ कार्यक्रमले ५५० हप्ता पूरा गरेको छ । यसै सन्दर्भमा शनिबार सेतो गणेशस्थान मन्दिरदेखि डिडिआई बेङ्क्वेटसम्म विशेष सरसफाइ कार्यक्रम आयोजना गरियो । यस कार्यक्रमले बुद्धनगर क्षेत्रलाई स्वच्छ र सफा राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।
बुद्धनगर सरसफाइ समूहले २०७२ साल वैशाख ५ गतेदेखि सुरु गरेको यस अभियानले निरन्तरता पाएको छ । सांसद मोहन कुमार राई यस अभियानका प्रमुख अभियन्ता हुन् । उनको नेतृत्वमा विद्यार्थी, नेता, खेलाडी, डाक्टर, समाजसेवी र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
यस अभियानको निरन्तर प्रयासले बुद्धनगर क्षेत्रमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिमा कमी आएको छ र सडकहरू सफा देखिन थालेका छन्। यो कार्यक्रम समुदायको सक्रिय सहभागिता र वातावरण संरक्षणप्रतिको सामूहिक प्रतिबद्धताको अनुपम उदाहरण हो ।
सांसद राईका अनुसार, ‘यस कार्यक्रममा सबै वर्ग र समुदायका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको छ । यसले हामीलाई अझ राम्रो र सफा बुद्धनगर निर्माण गर्न प्रोत्साहन मिलेको छ ।’
बुद्धनगर सरसफाइ कार्यक्रमले आगामी दिनहरूमा पनि यसरी नै निरन्तरता पाउने र यस क्षेत्रलाई थप सफा र सुन्दर बनाउने विश्वास लिइएको छ ।
तस्बिरहरु :-





