फोहरमैला घरको कम्पाउन्डभित्रै सुरक्षित राख्न काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबाट निस्किने फोहरमैला अस्थायी रूपमा घर वा कम्पाउण्डमै सुरक्षित राख्न महानगवासीलाई आग्रह गरेको छ ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध उत्पन्न भएपछि महानगरको वातावरण व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै सडक र सार्वजनिक स्थलमा फोहर नफाल्न अनुरोध गरेको हो ।

स्थानीयबासीको अवरोधका कारण बुधबारदेखि बञ्चरेडाँडामा फोहर विसर्जन हुन सकेको छैन । काठमाडौं उपत्यकाबाट फोहर बोकेर गएका करिब ४० गाडी बुधबार स्थानीयले फर्काइदिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री