काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहँदा चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ । हिजो प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँ बढेर २ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज प्रति १० ग्राम सुनको मूल्य २ लाख २ हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया




