बैतडीको मेलौलीमा जिप खस्दा २३ वर्षीया तुलसीको मृत्यु, ४ जना घाइते

बैतडी । मेलौली नगरपालिका-७ स्वाखानीमा जिप दुर्घटना भएको छ । शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जिप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मेलाली नगरपालिका-२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए । अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री