सेयर बजारमा सामान्य गिरावट: कारोबार रकममा भने वृद्धि

काठमाडौं । साताको तेस्रो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ। कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ। नेप्से परिसूचक ५ अंकले घटेर २५६६ बिन्दुमा कायम भएको छ।

बुधबार बजारमा उतारचढाव देखिएको छ। कुल २४० कम्पनीमध्ये ८५ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १५९ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन। यो आँकडाले बजारमा लगानीकर्ताको मनोबल मिश्रित रहेको देखाउँछ।

मंगलबार ४ अर्ब ५७ करोडको कारोबार भएकोमा बुधबार कारोबार रकम ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। कुल ३२१ कम्पनीका १ करोड कित्ता सेयर किनबेच भएका छन्। यो वृद्धिले बजारमा लगानीकर्ताको सक्रियता बढेको संकेत गर्छ।

आज सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोको भएको छ, जसको २३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसैगरी, एनआरएन इन्फ्राइस्ट्रक्चरको २३ करोड ३१ लाख, बुटवल पावरको २२ करो ७२ लाख, राधी विद्युतको २२ करो ३० लाख र हिमालयन रिइन्स्योरेन्सको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। खानीखोला हाइड्रोको १० प्रतिशत र उपकार लघुवित्तको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ। यो वृद्धिले लगानीकर्तालाई आकर्षित गरेको छ।

आज होटल तथा पर्यटन समूह २.१५ प्रतिशत, व्यापार समूह २.०० प्रतिशत र हाइड्रोपावर समूह ०.०१ प्रतिशतले बढेका छन्।

तर, अन्य समूह १.२० प्रतिशत, बैंकिङ ०.३४ प्रतिशत, विकास बैंक ०.९१ प्रतिशत, फाइनान्स ०.७७ प्रतिशत, लगानी ०.१७ प्रतिशत, जीवन बीमा ०.६४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२८ प्रतिशत र निर्जीवन बीमा ०.१९ प्रतिशतले घटेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री