डिशहोमका ग्राहकलाई डल्ले रेस्टुरेन्टमा १० प्रतिशत छुट

काठमाडौं । डिशहोम र नेपालको लोकप्रिय रेस्टुरेन्ट ब्रान्ड ‘डल्ले’ बीच नयाँ साझेदारी भएको छ। यस साझेदारीअन्तर्गत डिशहोमका ग्राहकहरूले अब भर्चुअल प्रिभिलेज कार्डमार्फत डल्ले रेस्टुरेन्टका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम ग्राहकहरूको सुविधा र मूल्यवृद्धिका उद्देश्यले ल्याइएको हो। उक्त कार्ड प्रयोग गर्ने ग्राहकहरूले डल्ले रेस्टुरेन्टका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन्। छुट प्राप्त गर्नका लागि माइ डिशहोम एपमा उपलब्ध भर्चुअल कार्ड देखाउनुपर्ने कम्पनीले जनाएको छ।

भर्चुअल कार्ड प्रयोग प्रक्रिया पनि सहज छ—
१. माइ डिशहोम एप Google Play Store बाट डाउनलोड गर्ने।
२. दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गर्ने।
३. होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्ने।
४. डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्ने।

साझेदारी सम्झौतामा डल्लेका म्यानेजिङ डाइरेक्टर आलोक योन्जोन र डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराईले हस्ताक्षर गरेका छन्। दुवै संस्थाले यो सहकार्यले ग्राहक अनुभवलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री