सिटी एक्सप्रेस र मलेसियाको “भ्यालू”बीच रेमिटान्स सम्झौता

काठमाडौं । सिटी एक्सप्रेस र मलेसियाको “भ्यालू”बीच रेमिटान्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा   सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले हस्ताक्षर गरेका छन् ।सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा विगत १२ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ६ हजारभन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आएको छ ।

भ्यालूको मलेसिया भरी २ हजार एजेन्ट्लोकेशन् साथै मोबाईल एप र ईन्टरनेट बैंकिङ्को सेवा उपलब्ध रहेको छ । मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६ हजार भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने भएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिजनको बेला सस्तिँदै सुन, आज एकैदिन २२ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ । मङ्सिर नजिकिएसँगै सुनचाँदीको …

प्रतिकृया दिनुहॊस