काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल जेन्जी आन्दोलनका क्रममा भएको क्षति निरीक्षण गर्न सर्वोच्च अदालत पुगेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण सकिएपछि उनी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै सर्वोच्च अदालत परिसरमा पुगेका हुन् ।
अदालत स्रोतका अनुसार मन्त्री खनाल सर्वोच्च अदालतमा भएको क्षतिको अवस्थाबारे जानकारी लिन र त्यसको आकलन गर्न त्यहाँ पुगेका हुन् । उनले प्रधानन्यायाधीश राउतसँगै अदालतका विभिन्न भागको निरीक्षण गरेको बताइएको छ।
यो भ्रमणलाई बुधबारदेखि पुनः सुरु हुन लागेको संवैधानिक इजलासको सुनुवाइसँग जोडेर हेरिएको छ । इजलास सञ्चालन हुनुअघि क्षतिको अवस्था बुझ्न र आवश्यक सहयोगबारे छलफल गर्न उनी त्यहाँ पुगेको अर्थ मन्त्रालय स्रोत बताउँछ ।
यसअघि पनि अन्य सरकारी प्रतिनिधिहरूले अदालतको निरीक्षण गरिसकेका थिए।
तपाईंको प्रतिकृया



